Logo

मनोरञ्जन

‘ओके छ त’ मा सुधिर र सुनिशा (भिडियो सहित)



काठमाडौं । गायक विजय शंखर र गायिका सुदिता राईको युगल गायनमा समावेश ओके छ त बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्। दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन् ।

गोदावरीमा छायाँकन गरिएको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ड्याडी एण्ड डटर्स नामक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १५:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।