Logo

खेलकुद

पीएम कपमा आज चार खेल



प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज बिहीबार चार खेल हुँदैछन् । टियु मैदानमा दुई खेल हुँदा मुलपानीमा दुई खेल हुनेछ । 

टियु मैदानमा विहान सवा ९ बजे सुरु हुने खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् । 

बाँकी दुई खेल दिउँसो १ बजे सुरु हुनेछन् । टियुमा प्रदेश २ र लुम्बिनी प्रदेश आमुने सामुने हुनेछन् भने मुलपानीमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ५ माघमा हुनेछ ।

प्रकाशित मिति : पुष २९, २०७८ बिहीबार  ११ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।