Logo

अनलाइनपाना खोज

रिपोर्टर्स क्लव नेपालमा आज राजसंस्थादेखि पत्रकार सम्मेलनसम्म



रिपोर्टर्स क्लव नेपालमा आज १२ ः १५ बजेबाट राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै राजावादी अभियन्ताहरूको अन्तरक्रिया कार्यक्रम हुने भएको छ । वक्ताहरूमा तारानाथ लुइटेल, बिष्णु भट्टराई, शेखरजंग रायमाझी, बालकृष्ण न्यौपाने रहेका छन् ।


त्यसगरी आज नै क्लबमा पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका नाति आत्रेय कोइरालाद्वारा स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा गर्ने उदेश्य लिएर स्थापित सामाजिक संस्था ’नयाँ उज्यालो फाउण्डेशन’ को उद्घाटन कार्यक्रम पनि रहेको छ । अतिथिहरू नेपाली कांग्रेस नेता डा.शशांक कोइराला , अभिनेत्री मनिषा कोइराला उद्वव प्रसाद खरेल, मेयर बूढानिलकण्ठ नगरपालिका र मेयर पाँचखाल नगरपालिका महेश खरेलको उपस्थिति रहने जनाइएको छ । कार्यक्रम १ ः ४५ बजेबाट सुरु हुने भनिएको छ ।

दिउँसो ३ बजे भने मंगल थापाको पत्रकार सम्मेलन नेकपा(एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसंग प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारका ६ महिना , संसदमा एमालेको अबरोध , एमसीसी सम्झौता लगायतका समसामयिक विषयमा विशेष साक्षात्कार कार्यक्रम गरिने बताइएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ११ : ५५ बजे