बनेपा । काभ्रेपलाञ्चोकको ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मेला आजदेखि सुरु भएको छ। हरेक १२ वर्षमा लाग्ने पनौतीको मेला शनिबमार देखी सुरु भएको हो ।
मकर मेलाको पहिलो दिनमै पनौती–७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा दर्शनार्थीहरू घुइँचो लागेको छ।जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न निर्देशन दिएको भए पनि मेला भर्न पुगेका सर्वसाधरणले निर्देशनको पालना भने गरेको पाइएको छैन ।
स्थानीय प्रशासनले २५ जना भन्दा मेला नहुन निर्देशन दिएको भएपनि स्वास्थ्य मापदण्ड तथा समाजिक दूरी पनि कायम गरिएको छैन । त्रिवेणीघाट क्षेत्रमा करिब ३० जनाको संख्यामा खटिएको स्वयंसेवक र प्रहरी मौन रहेर भिडलाई लाइन मिलाउन मात्र तल्लिन भएको देखिन्छ ।
नगरपालिकाले मकर स्थानको लागि लीलावती र पुण्यमाता खोलामा स्नान गर्न मिल्ने बनाएको छ। एकै पटक धेरै जना हुँदा स्नान गर्न सहज होस् भनी खोलाभित्र बाँस राखिएका छन्।
त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टि रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथ डाँडास्थित् गोरखनाथलाई चढाउँदा पून्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।
मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर हर्षोल्लासका साथ मनाइने सो मेलामा भारतीय तीर्थलुसमेत आइपुगेका छन्। मकर मेलाको अवसरमा त्रिवेणीघाट क्षेत्रमा पुजा सामाग्री लगायतका पसल राख्नेहरु पनि उत्तिकै छन् ।




















प्रतिक्रिया