काठमाडौं । पछिलो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २१९ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ जनालाई कोरोना संक्रमण भएको हो ।
हाल काठमाडौं उपत्यकामा १२ हजार ८१४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ९ हजार ६१, ललितपुरमा २ हजार ३८२ र भक्तपुरमा १ हजार ३७१ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ४ हजार ६३६ जनालाई कोरोना संक्रमण भएको छ । शनिबार शुक्रबारको भन्दा संक्रमित संख्या कम रहेको छ । शुक्रबार एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।




















प्रतिक्रिया