Logo

मनोरञ्जन

गायिका खुसी थुलुङ राइको डान्सिङ गीत बोलु बोलु लाग्छ मलाई सार्वजनिक (भिडियो सहित)



सुरिलो स्वरकी धनी गायिका खुसी थुलुङ राइले एउटा निकै नै राम्रो डान्सिङ नम्बर गीत बोलु बोलु लाग्छ मलाई सार्वजनिक गरेकाे छ ।

१६ बर्ष उमेर पुगेपछि हरेक युवतीहरुको मनका भावनाहरु के के हुने गर्छन त्यी सम्पूर्ण भावनाहरु गीतकार एबम संगीतकार कन्चन थलङ लिम्बुले गीतमा समेटेका छन् ।

स्टेजमा नृत्य गर्न समेत पूर्णलायक उक्त गीतलाई गायिका थुलुङले गायकिमा पूर्णरुपमा न्याय दिएकी कन्चन बताउछिन।
स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्देशन गरिरहेका लोकप्रिय युवा निर्देशक युगल पोमोले निर्देशन गरेको बोलु बोलु लाग्छ मलाई को भिडियोमा ह्यान्डसम मोडेल ह्यारी योञ्जन र टिक टक क्विन भनेर समेत चिनिएकी बिना राउतको अभिनय रहेको छ ।

भिडियोमा निर्देशक पोमो र साल्मोन तामांगको कोरियोग्राफी छिरिङ्ग शेर्पाको श्रंगार र सुक्नीता चौलागाईको पोशाक रहेको छ । गायिका खुसी थुलुङको अफिसियल युट्युब च्यानल  (Khushi Thulung) बाट सार्वजनिक भिडियोलाइ तेलकोटको रमणीय दृश्यमा छायांकन गरिएको छ ।भिडियोमा बरिस्ठ शिव ढकालको सिनेमाटोग्राफी , अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

भिडियाे:

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १०:४७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।