Logo

अन्तर्राष्ट्रिय

दुई डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु



काठमाडौं । जापानमा दुई डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु भएको छ । ओमिक्रोनबाट संक्रमित उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि जनवरीको सुरुदेखि उनको चीबा प्रिफेक्चरको एक अस्पतालमा उपचार भइरहेको थियो । शनिबार त्यहाँको स्वास्थ्य विभागले ओमिक्रोन संक्रमणबाट एक वृद्धाको मृत्यु भएको पुष्टी गरेको थियो ।

जापानमा ओमिक्रोन संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । कोरोना विरुद्धको दुबै डोज लगाएकी ती बृद्धा रक्तसंचार सम्बन्धीकी पुरानो विरामी रहेको बताइएको छ ।

जनवरीको सुरुमा ती महिला कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा गएकी थिइन् । त्यसपछि उनलाई ज्वरोसहित कोरोनाको लक्षण देखिएको थियो।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार ११:५०   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।