Logo

स्वास्थ्य

कोरोना अपडेट : उपत्यकामा मात्रै १४९८ सङ्क्रमित, २८ को मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा ३१ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ९० जना गरी ३१ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज उपत्यकामा मात्रै १४ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । उपत्यका  भित्रका जिल्लाहरूमा काठमाडौँमा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना सङ्क्रमित भएका छन्।

नेपालमा हालसम्म कोरोनाबाट सङ्क्रमित हुनेहरूमा ३ लाख १ सय १९ जना रहेका छन् भने निको हुनेहरूमा २ लाख ७७ हजार ५ सय ७३ जना हरेका छन् । हाल देशभर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या १९ हजार ३ सय ३८ जना रहेको छ ।

आज कोरोनाबाट मृत्यु हुनेमा २८ जना रहेका छन् भने ४ सय ५० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार १७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।