Logo

स्वास्थ्य

लमजुङमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए



लमजुङ, लमजुङमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल लमजुङमा गरिएको एन्टिजेन परिक्षणका क्रममा जिल्लाका १२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

एन्टिजेन परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिनेमा १५ जना बेसीशहर नगरपालिका अन्र्तगतका रहेका छन् भने एक जना पुरुष राइनासका रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ७ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।