Logo

समाचार

भारतमा कोभिडः २४ घन्टामा साढे दुई लाख संक्रमित



कोभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । 

पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ ।

भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । 

कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् । एजेन्सी
 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ११:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।