Logo

स्वास्थ्य

बाग्मती प्रदेशका सांसद मुनु सिग्देललाई कोरोना संक्रमण



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बाग्मती प्रदेशका सांसद मुनु सिग्देल संक्रमित भएकी छिन् । रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले जनाएकी छिन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौं गएकी सिग्देल काठमाडौंमै ‘होम आइसोलेसन’मा बसिरहेकी छिन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उनको परिवारमा भने कसैलाई संक्रमण नरहेको जनाइएको छ ।

सिग्देल प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृंखला खतिवडाको आमा  हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ४८ बजे