Logo

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन थपिए दुई लाख ३८ हजार संक्रमित



एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको संघिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार अघिल्लो दिनको तुलनामा २० हजार ७१ कम व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

यस्तै गरी भारतमा कोभिड–१९ का कारण ३१० जनाको मृत्यु भएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ रहेको छ । दैनिक संक्रमणदर हाल १४.४३ प्रतिशत रहेको भारतको स्वास्थ्य स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ८९१ पुगेको छ । अघिल्लो दिनको तुलनामा ८।३१ प्रतिशत ओमिक्रोनका संक्रमितको संख्या बढेको हो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।