Logo

स्वास्थ्य

त्रिविका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित



त्रिभुवन विश्वविद्यालयले मंगलबारदेखि सबै परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगित गरेको हो ।

कोरोना भाइरसको प्रकोपका कारण देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगित गर्नुपरेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

स्थिति सहज भएपछि परीक्षा सञ्चालन गरिने जोशीले बताए । त्रिविको वार्षिक परीक्षा अन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा हाल सञ्चालनरत थिए । 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १७:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।