Logo

स्वास्थ्य

कोभिड रोक्न सबै उपाय अपनाउन देउवाको सुझाव



नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमणको गति बढेको भन्दै संक्रमण नियन्त्रण र रोकथामका लागि सबै उपाय अपनाउन सरकारसँग माग गरेका छन् । संक्रमणको दर तीव्र गतिमा बढेको भन्दै देउवाले आइसियु र भेन्टिलेटरको संख्या थप्न पनि सरकारको ध्यानाकर्षण गराए ।

आज एक विज्ञप्ति जारी गरी देउवाले आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरे ।  देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा वढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आइसियु र भेन्टीलेटरको आवश्यकता पर्नेको संख्या पनि वढदो छ ।’

देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिले युवाहरुमा पनि संक्रमण उल्लेख्य रुपमा वढेको छ । संक्रमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले विज्ञप्तिमा संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकार गम्भीर हुन आग्रह गरेको छन । साथै उनले खोप यथाशब्य उपलब्ध गराउन पनि माग गरेका छन । 

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार  ६ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।