Logo

समाचार

नेपालमा कोभिड संक्रमण तीव्र : एकै दिन १० हजार संक्रमित



नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् ।

२२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १६:१७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।