बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई कोरोना भाइरसको संक्रमण भएको छ। संक्रमण पुष्टि भएसँगै उनी हाल स्वास्थ्य मापदण्ड अपनाउँदै होम क्वारेन्टिनमा बसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुई दिन अघि मात्र मिथुनमाथि कोभिड प्रोटोकल तोडेको आरोप लागेको थियो । तृणमूल काँग्रेसका नेता सौगता रोयले बीजेपी नेता दिलीप घोष र मिथुन चक्रवर्ती कोभिड नियम उल्लंघन गर्दै ५ सय बढी मानिसहरुलाई भेला पारेर मिटिङ गरेको दाबी गरेका थिए ।
अभिनेता चक्रवर्ती दुई महिनाअघि भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए। ७० वर्षीय मिथुनले आफ्नो फिल्मी करियरमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका ३५० भन्दा बढी चलचित्रमा काम गरेका छन्।




















प्रतिक्रिया