Logo

स्वास्थ्य

चितवनमा पनि ५०० बढी सक्रिय संक्रमित, १० जिल्लामा ५०० बढी संक्रमित पुगे



मंगलबार चितवनमा पनि ५०० बढी सक्रिय संक्रमित पाईएसँगै नेपालमा सक्रिय संक्रमितको भएको जिल्ला संख्या १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याक अनुसार हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही र चितवनमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

यसअघि हिजो ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका थिए भने आज  चितवन थपिएको हो । मन्त्रालयका अनुसार सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित छन । 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।