Logo

अन्तर्राष्ट्रिय

नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन डब्ल्यूएचओको आग्रह



काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने गेब्रेयससको भनाई छ ।

गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिएका छन । यस्तै, उनले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि दाबी गरेका छन ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १३:३२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।