Logo

खेलकुद

२६ औँ सिर्जनाकपको उपाधि दिपज्योती युवा क्लवको पोल्टामा



लमजुङ । माघे संक्रान्तीको अवसरमा मस्र्याङ्दी गाउँपालिका ६ ठुलीबेसीमा आयोजना गरीएको २६ औ सिर्जनाकप खुल्ला फुटबल प्रतियोगिताको उपाधि दिपज्योती युवा क्लवले जितेको छ ।

चन्द्रमा युवा क्लव थाकन र दिपज्योती लाम्पाटा विच मंगलबार भएको फाइनल खेलमा २ का विरुद्ध ३ गोल गर्दै दिपज्योती लाम्पाटाले सिर्जनाकपको उपाधी हात पारेको हो ।  खेल अवधिमा दुई दुई गोलको वरावरी भएपछि आयोजकले समय थप गरेको थियो थप समयमा चन्द्रमालाई शुन्यका विरुद्ध १ गोल गर्दै दिपज्योतीले जित हात पारेको हो ।

 
विजेता दिपज्योतीले १ लाख सहित सिर्जना कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता चन्द्रमा युवा क्लवले ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको छ । सेमिफाइनलमा पुग्ने २ टिम फुटबल प्यान क्लव र सुजना युवाक्लवललाई ६÷६ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजक सिर्जना युवा क्लवका कोषाध्यक्ष रामप्रसाद परियारले जानकारी दिए ।  

 माघेसंक्रान्तीको अवसरमा क्लवले मिनि म्याराथुन प्रतियोगिता, झाक्री प्रदर्शन, लोक संस्कृतिको संरक्षणका लागि लोक दोहोरी प्रतियोगिता, खुल्ला ठेलो प्रतियोगिता र टोलस्तरिय डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरेको थियो । 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १०:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।