काठमाण्डाैँ । अहिले मुलुकभर जताततै बढ्दो कोरोना संक्रमणले सबैलाई चिन्तित बनाएको छ । नेपालमा पनि दैनिक एक हजार भन्दा बढी सर्वसाधरण दैनिक कोरोना संक्रमणमा परी रहेका छन् ।
हरेक सर्वसाधारणको प्रश्न एउटै छः यत्रो कोरोना फैलिदा यसको रोकथामका लागि सरकार किन मौन रहेको होला । यतिबेला हरेक नेपालीसर्वसाधारणलाई तत्कालको लागि विकास होइन् आफ्नो ज्यान जोगाउन घोषणाा मात्र चाहिएको छ । बालबालिकादेखि बुढासम्म हरेक नागरीकलाई सरकारले यो कोरोना भाइरसबाट बचाइदियोस् भन्ने आशामा रहेका छन् । हरेक नेपाली नागरिकको बाँच्ने अधिकारको सुरक्षा गर सरकार भन्दै उनीहरुले माग गरिरहेका छन् । सर्वसाधारणलाई कोरोनाका कारण मृत्युको मुखमा नपुप्याइदेउ भनेर उनीहरुद्धारायतिबेला सरकार गुहारी रहेका छन् ।
जीवन नै बाँकी छैन् भने धनसम्पत्ति, विकास किन चाहियो ? एउटा व्यक्ति मप्यो भने राज्यलाई कति घाटा लाग्छ ? यसको यकिन सरकारले गरेको छैन् । नेपाली जनता सरकारको पहिलो प्राथमिकता हो । यसलाई मध्यनजर गर्दै सरकारले लकडाउनबारे सोच्नेछ भनेर हरेक नेपाली जनताहरु आशा गरीरहेका छन् । ले आशा गरिरहेका छन् ।
कि त नेपाली जनताको जीवन बचाउँन नसक्नेहरुले पद त्याग गर्नुपर्यो नि नेपाली जनतालाई बचाउँन सक्नु पर्यो भनेर हरेक नेपालीहरुले भनिरहेका छन् । यतिबेलापनि कोरोना लागेर नेपाली जनता अस्पतालको बेडमा छट्पटाइरहेका छन् । न त राज्यले अक्सिजनको जोहो गरेको छ नत आइसयिुको ।
यस्तो अवस्था आइसक्दा पनि सरकारले किन कुनै निर्णय गर्न सकिरहेको छैन । सरकारमा हुनेहरु आफ्नो जिम्मेवारीबाट भागेर, पदको दुरुपयोग गरेर, निर्णय गर्ने क्षमता नभएर, जिल्लाको सिडियोलाई जिम्मेवारी दिएर पन्छिएका छन् । एउटा कर्मचारीको काँधमा सबै जिम्मेवार सुम्पिएर यसरी भाग्न पाइन्छ ? दिन कटानी र माना पचानीको सिडियोले के गर्न सकलान् भन्ने सोचेर सरकारले सबै जिम्मेवारी यिनीहरुमा सुम्पियो ? सिडियोले घुस र तलबभत्ताबाहेक केही मतलब छैन् ।
तर, हरेक नेपाली जनताको अभिभावक सरकार हो । सरकारलाई नेपाली नागरिकको माया होला भन्ने आम नेपालीको अपेक्षा हामीमा छ । तर, अपेक्षामा खडा भएर सरकारले काम गर्न नसकेको प्रष्ट देखिन्छ । यदि यो सरकारले जनतालाई कोरोना लाग्नबाट बचाउन नसक्ने हो भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । यो सरकारले नागरिकको बाँच्ने अधिकार सुरक्षित गर्न सक्दैन भने विपक्ष के हेरेर बसेको छ ?
किन बोल्दैनन् नेता?
के शेरबहादुर देउवाको सरकार असफल भइसकेको हो ? देउवाको कारण कांग्रेस पार्टी असफल बनेको छ । प्रधानमन्त्री स्वास्थ्यमन्त्री र अर्थमन्त्रीको पछाडि लाग्दा हजारौ नागरिकको मर्नुपर्ने दिनको सिर्जना भएको छ । कांग्रेसको महामन्त्री गगन थापाले कोरोना लाग्नबाट जनता बचाउनुपर्छ भनेको कतै पनि सुन्नमा आएको छैन ।
महामन्त्री पदमा आउन लागेको चुनाव खर्च उठाउन र आगामी चुनावको खर्च जुटाउनमा दौडधुप गर्नमै उनी व्यस्त छन् । विपक्ष पाटीका एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता बचाउन लकडाउन आवश्यक छ भनेर बोलेको कही सुनिदैन् । चुनाव आँउछ भारतको विरोध गर्ने, नेपालीलाई झुठो आश्वासन दिलाउने यो बाहेक ओलीसंग क्षमता केही पनि छैन् ।
दैनिक यति ठूलो संख्यामा कोरोना संक्रमित हुँदा पनि कुनै राजनितिक पार्टीले लकडाउन बारे बोलेको कहीँकतै सुनिदैन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका माधव नेपाल, नयाँ शक्तिको बाबुराम भट्टराई खोइ कहाँ छन् ? कोरोनाको तेस्रो लहर सुरु भएदेखि देखिनै छाडे । कतै भारत त छिरेनन् ? दैनिक एमसीसीको विषयमा चर्को भाषण गर्ने भिम रावल किन बोल्दैनन् कोरोना महामारीको विषयमा ? कहाँ छन् रावल कि रावललाई नेपाली जनताको आवस्इकता छैन?
त्यही जनताको नाम लिएर चुनाव जित्ने, खोक्रो भाषण दिएर नेपाली जनतालाई मत खसाल्न बाध्य पार्ने अनि नेपाली जनता जीवनमरणको दोसाँधमा हुँदा किन मौन छन् नेपालका राजनेताहरु ? नेताहरुको खोक्रो भाषणले जनता बचाउन सक्दो रहेछ ? हिजो त्यही जनताले तिरेको करबाट सेवासुविधा लिएर, तलबभत्ता खाएर आज यिनीहरुकै कारण जनता मर्दा पनि यिनीहरुलाई अफसोस् छैन् । कुनै फिकर नै देखिन्न ।
सीसीएमसीसीको बैठकले पनि कोरोनाको जोखिम अनुसारको निर्णय गर्न नकेको अवस्थामा कतै सीसीएमसीसी पनि व्यापारी पट्टी ढल्किएको त होइन् भन्ने प्रश्न नेपालीको मनमा उब्जिएको छ । परिस्थिति अनुकुल निष्कर्ष निकाल्न नसक्ने सीसीएमसीसीलाई खारेज गर्दा सहज हुने देखिन्छ ।
कोरोना लागेर झण्र्डै १२ हजार सर्वसाधारण मरिसकेका छन् । तरपनि, उनीहरु कोही होइनन् भन्दै राजनितिक दल, सीसीएमसीसी र नेपाल सरकार आनन्दले बसिरहेको छ । यत्रो मानिस कोरोना लागेर मर्दा पनि पूर्वराजाले चासो गरेनन् । मुखमा बुझो लगाएर पूर्वराजा भुमिगत छिरेका छन् । कोरोनाको बारेमा बोल्ने आँट कसैंग पनि छैन् ?
यत्रो नेपाली मारेर पनि यिनीहरुको मनलाई शान्ति पुगेको छैन् ? के यिनीहरुले नेपालीलाई कुखुराको चल्ला सोचेका छन् ? कोरोना बढिरहेको छ देशका शीर्ष नेताहरु भीडभाडको हिस्सा बनिरहेका छन् । मन्त्रीदेखि लिएर राष्ट्पति कार्यक्रमको उदघाटन गर्दै हिडिरहेका छन् । जनता बचाउनु कहाँ हो कहाँ उल्टै कोरोना फैलाउन यिनीहरुलाई अलिकती भए पनि लाज लाग्नु पर्ने हो ।
आफै नियम बनाउने अनि आफैले पालना नगर्ने? यो त भएन् नि । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । तर, यिनीहरु हजारौलाई भेला गर्दै, अतिथि बन्दै, भाषण ठोक्दै हिडेका छन् । निर्देशन दिएर घट्छ भीड, हट्छ कोरोना भन्ने सोचेको सरकारले अनुगमन गर्नुपर्दै?
कोरोनाको जोखिममा लाखौको उपस्थितीमा महाधिवेशन
कोरोनाको जोखिममा लाखौको उपस्थितीमा महाधिबेशन गर्न तल्लिन भएका नेपाली राजनीतिक दल र यी दलका नेथतालाई नेपाली जनताको स्वास्थ्य प्रती कुनै चासो देखिएको र्छन । यदी चासो हुँदो होत चितवनमा एमाले लाखौ मान्छे देखाउनु जरुरत थिएन ।
राप्रपा कांग्रेस र माओवादी कबेन्द्रले काठमाडौंमा हजारौ मान्छे ल्याइरहनु र्निे कुनै आवस्यकता थिएन । महाधिवेशन गर्ने नाममा पनि कोरोना फैलाउने काम राजनितिक दलबाट भयो । सर्वसाधारणहरु निराश भइसक्दा पनि कुनै नेताले सरकारले लकडाउन गर्नुपर्छ भनेर किन सरकार घच्घचाउदैनन् ? सबैको मुखमा ताला लागेको छ ? ठुल्ठुला भाषण दिने बेला त मुख खुलेको हुन्छ नेताहरुकाे ।
राजनीतिकदलका प्रिय बन्दै व्यवसायीहरु
राजनितिक दलहरुलाई जनताभन्दा पनि उधोग व्यवसायी र व्यापारीहरु प्यारा छन् । व्यापारीहरुले चन्दा दिएनन् भने यिनीहरुले अफिस भाडासमेत तिर्न सक्दैनन् । बिहानबेलुका खान पनि यिनीहरुलाई धौ धौ छ । हामी नेपाली जनताले आफ्नो हात खियाएर भएपनि दुई छाक खान त पाएका छाैं ।
यिनीहरुको दुई छाक आफ्नो दममा खाने हैसियत समेत छैन र त जनताको स्वास्थ्यलाई ध्यन नै नदिइ व्यापारीहरुलाई साम्राज्य मच्चाउन दिएका छन् । व्यापारीको इसारामा चलेको नेताहरु भएको देशमा जनताले सुःखको श्वास फेर्न पाउलान् भनेर नसोच्दा पनि हुन्छ । राजनितिक दलकै लगानी व्यापारिक क्षेत्रमा छ । अनि यिनीहरुले लकडाउन गरेर जनता बचाउन दिन्छन् ? आफ्नो लगानी डुब्छ भनेर कोरोना फैलाएर जनता मार्न पाइन्छ ?
काठमाडौं उपत्यका जनप्रतिनिधिहरु मौन
जनता बचाउने नै हो भनेर सरकारले तत्कालै लकडाउनको घोषणा गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङको आधा कोरोना संक्रमित उपत्यकामा मात्र भेटिन्छन् । उपत्यकाका तिन जिल्लाको मेयरहरु अझै के हेरेर बसेका छन् ?
उपत्यकाका तीन जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि यतिबेला मौन अवस्थामा रहेका छन् । किन बोल्दैनन् उपत्यकाका जनप्रतिनिधि? अस्पतालको बेडमा छट्पटिरहेको आफ्नो जिल्लावासीलाई यिनीहरुले किन देखेनन् ? हिजो यिनीहरुकै मतबाट मेयर बनेको होइन् ? उपत्यकावासीलाई बचाउनको लागि साँगा र थानकोटमा पर्खाल लगाउनुपर्छ भनेर यिनीहरु किन बोल्दैनन् ?
लकडाउन आवश्यक छ भन्ने देख्दादेख्दै पनि यिनीहरु किन मौन छन् ? स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गरेको शुल्क घटाएपनि यो मिनाहा गर्न किन कसैले आवाज उठाएको छैनन् । यिनीहरुको ढिलासुस्तीको कारण कोरोना संक्रमित हामी बनिदिनुपर्ने । अनि अस्पतालको खर्च कसले तिरिदिने ?
सेवाको नाममा खोलीएका अस्पतालहरुलाई धनी बनाउँदै
अस्पताललाई धनी बनाउनको लागि हामीलाई कोरोना संक्रमित बनाउन खोजेको हो सरकार ? हरेक नेपालीले यही भनिरहेका छन् । पैसा नहुनेले घरमै छटपटाइ रहनुपर्ने सरकार अवस्था छ । आठ सय रुपैया तिर्न नसक्नेले कोरोना परीक्षण गर्न नपाउने सरकार ? आफु लकडाउन पनि नगर्ने अनि अस्पतालको चार्जचाहि पुरै तिर्नुपर्ने ?
कोरोनाको परीक्षण शुल्क तिर्नुपर्छ भनेर कोही परीाण नै गर्न जादैन् । बरु घरमै बस्छन्, टोलछिमेकलाई सार्छन् । उपत्यकामा तिन जिल्लाको सिडियोहरुले उपत्यकावासी बचाउनतर्फ आवश्यक कदम चाल्न ढिलासुस्ती भएको छ । ७७ वर्ट जिल्लाका सर्वसाधारण बस्ने उपत्यकामा कोरोनाको उच्च जोखिम छ ।
अरु जिल्लाबाट आएकालाई दुईदिनको समय दिएर लकडाउन गर्न ढिलो भइसकेको छ । व्यापारीको अगाडि लम्पसार गर्ने काम नगरौं उपत्यका प्रमुखहरु । लकडाउन गर्दा व्यापारीलाई घाटा हुन्छ भनेर सिडियोहरुले लकडाउन गरेनन् । नाम मात्रको स्मार्ट लकडाउन जारी गरे तर अनुगमन गरेनन् ।
उपत्यकाको भीडभाड कम गर्न यिनीहरु असफल छन् । सात बजेपछि सम्पुर्ण व्यवसायी बन्द गर्दा पनि धेरै भीडभाड नियन्त्रण हुन्थ्यो । यति पनि गर्न नसक्ने सिडियोको के काम ? उपत्यकामा सक्षम सिडियो नहुँदा यसको मार सर्वसाधारणलाई परेको छ । कि त जनता बचाउनुपप्यो कि सिडियोहरुले पद त्याग गर्नुपप्यो । यो जिम्मेवारी सिडियोलाई नै दिइएको छ ।




















प्रतिक्रिया