विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ)ले अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। नेपाल राष्ट्र बैंकले आज जारि गरेको विनिमय दर अनुसार पाँच डलर बराबर ५सय ९० हुन आउँछ । अर्थात ड्ब्लुएचओले बताएअनुसार परीक्षण गर्ने उपकरण आएसँगै कोरोना परिक्षण नेपालमै पनि ५–६ सयमा हुनेछ ।
यो परीक्षणको खर्च केवल पाँच डलर हुने भएपछि गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।
संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।
डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ। यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ।’
औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जनाएका छन्।
प्रतिक्रिया