Logo

स्वास्थ्य

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, थप १६ जनाको मृत्यु



काठमाडौं, नेपालमा  पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अवधिमा थप १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  ५ : १५ बजे