Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण



काठमाडौँ , पछिल्लो २४  घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । स्वास्थ्य मन्त्रालयले आइतबार अपरान्हमा दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ३७७  जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र  चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६ जना डिस्चार्ज भएका छन् भने  मृत्यु चार जनाको भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १६:४६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।