Logo

स्वास्थ्य

आज ३१ जना थपिएसँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या १८० पुग्यो



अर्घाखाँची, अर्घाखाँचीमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । ३१ जनामा कोरोना पुष्टि हुँदा सोही अवधिमा दुई जना संक्रमण मुक्त भएका छन् ।

३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय संक्रमित संख्या १ सय ८० पुगेको छ ।

अर्घाखाँचीमा हालसम्म कूल संक्रमित संख्या ४ हजार ६ सय ८८ पुगेको छ । हालसम्म कोरोना जित्नेको संख्या ४ हजार ४ सय १७ रहेको छ ।

अर्घाखाँचीमा हालसम्म ९१ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।