Logo

स्वास्थ्य

देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी भाइरस फैलियो : स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाइ सजग रहन सबैलाई अपिल गरेको हो ।

काठमाडौका ३ जिल्ला,मोरङ, सनसरी, झापा, पर्सा, बारा, धनुसा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत ,कैलाली , कन्चनपुरमा कोरोना संक्रमण उच्च दरमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शैया उपलब्ध गराउन नसकिने भइसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

637553928748637429.jpg

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार १५:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।