काठमाडौं । सोझा कर्मचारी हुँदा बीमा कम्पनीका सञ्चालकहरुले कतिसम्म बद्मासी गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण नेपाल लाइफ इन्स्यारेन्समा देखिएको छ ।
बैंकिङ क्षेत्र होस् या बीमा क्षेत्र सयो क्षेत्रको कर्मचारीको सर्वोच्च पद भनेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हो । सीईओ भन्दा माथि अर्को कुनै कर्मचारी हुँदैन । तर नेपाल लाइफमा भने कहीँ नभएको जात्रा छ । यहाँ कामु सीईओ नै दुई नम्बर वरियतामा छन् ।
नेपाल लाइफप इन्स्योरेन्स कम्पनीका केही खराब सोचका सञ्चालकहरुले कामु सीईओ शुसिलकुमार चौधरीलाई धकेलेर २ नम्बर वरियतामा राखेका हुन् । कामु सीईओ भन्दा माथि रहने गरी सिनियर डेपुटी सीईओमा कम्पनीले पूर्व मर्चेन्ट बैंकर प्रविणरमण पराजुलीलाई नियुक्त गरेको छ ।
चौधरी कम्पनीका पुराना र बीमा क्षेत्रका निकै अनुभवी र दखल भएका व्यक्ति हुन् । तर कामु सीईओलाई नै दोस्रो नम्बरमा पार्ने गरी सञ्चालकहरुले बद्मासी गरेका हुन् ।
अर्को सीईओ नियुक्त नभइसम्म चौधरी नै सीईओ हुन् । कामु सीईओ भन्दा माथि अर्को कर्मचारी नै राख्न नमिल्नेमा नियामक निकाय बीमा समितिको आँखामा छारो हाल्दै नेपाल लाइफले यस्तो बद्मासी गरेको हो । यस कम्पनी वेबसाइटमा नै खुलेआम रुपमा कामु सीईओलाई २ नम्बर वरियतामा राखेको भन्दै जानकारी दिएको छ ।
याे पनि
नेपाल लाइफमा बढ्यो असन्तुष्टि, कर्मचारी भन्छन् – जुनसुकै बेला मुख खोल्छौँ




















प्रतिक्रिया