Logo

स्वास्थ्य

चितवनमा ७० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु



चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । उनको आज बिहान ८ बजे उनको मृत्यु भएको मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यससँगै चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार