Logo

बैंकिङ

सिनर्जी कम्पनीको अध्यक्षमा थापा नियुक्त



सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको अध्यक्षमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । संचालक समितिको मंगलबार बसेको बैठकले थापालाई संचालक पदमा  नियुक्ति गर्दै उनलाई नै अध्यक्ष चयन गरेको हो । सिनर्जीमा  उनको १५ हजार  कित्ता शेयर छ ।

कम्पनीमा स्थापनाकालदेखि  विष्णुराज अधिकारी अध्यक्ष थिए ।  अधिकारीले आफ्नो कार्य व्यस्तताको कारण देखाउदै संचालक र अध्यक्ष दुवै पदबाट राजिनामा दिएपछि कम्पनीले नयाँ अध्यक्ष चयन गरेको हो  ।
थापा हाल नेपाल बंगलादेश बैंकमा सर्बसाधारण शेयरधनीको तर्फबाट संचालकको रुपमा छन् ।  

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ११ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।