काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।
यस अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।




















प्रतिक्रिया