Logo

प्रमुख समाचार

थप चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि

६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ९२४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख ४८ हजार ३४८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १६:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।