Logo

खेलकुद

आहा–रारा गोल्डकप फुटबलको उपाधि एपीएफले जित्यो



पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।

आज पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल भएको हो ।
खेलमा निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको हो । पेनाल्टी सुटआउटमा ओलावाले अफिज असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । उनको प्रहारलाई एपीएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए ।

एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने । मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।

एपीएफले उपाधि सहित १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १७:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।