Logo

खेलकुद

सुदिप र आकाशको राष्ट्रिय टोलीबाट डेब्यु



काठमाडौं । सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । 

मौरिसससंग जारी पहिलो मैत्रीपूर्ण खेलमा ८५ मिनेटमा मैदान प्रवेश गर्दै सुदिपले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका हुन् ।प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुदिपलाई सुरज जिउ ठकुरिको स्थानमा मैदान छिराए ।

यस्तै आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थानमा लिएका हुन् । उनी एन्फा एकेडेमीका खेलाडी हुन् । 

जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो यूथ क्लबबाट उच्च प्रदर्शन गरेका सुदिप र आकाशले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा मौका पाएका थिए । 

त्यही अघि सुदिप टुसाल यूथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए । दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् । 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १८:५८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।