मंगलबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढ्दा चाँदी भने एकैदिन २५ रुपैयाँले उकालो लागेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
एक कारोबार दिन अगाडी सोमबार छापावाल सुन ९० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
मंगलबार सुनसँगै चाँदी पनि बढेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया