Logo

कर्पोरेट फोकस

आइतबार सुनको मूल्यमा ३ सय घट्यो



नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा सामान्य गिरावट आइरहेको छ । यसै क्रममा आइतबार पनि सुनको मूल्यमा ३०० को गिरावट आएको छ ।

शुक्रबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ७ : १२ बजे