Logo

प्रमुख समाचार

रास्वपा निर्वाचन तालिका फेरि संशोधन, पदाधिकारीको चुनाव सवा ९ बाट



चितवन । रास्वपा निर्वाचन तालिका फेरि संशोधन गरिएको छ । संशोधन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६:३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशित ७:३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँबुझ सवा ८ बजे, उम्मेदवारको नाम फिर्ता लिने अन्मित समय ८:३० बजे, उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे, मौन अवधि सवा ९ बजेसम्म र सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदान निर्धारण गरिएको छ ।

मतगणना राति सवा १२ देखि सवा १ बजेका लागि तय गरिएको छ । मतपरिणाम घोषणा राति १:३० बजे हुने भएको छ ।

 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १७:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।