Logo

सुरक्षा/अपराध

प्रहरी महानिरीक्षक-थापा क्षेत्री



प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्याबारे गहिरो अनुसन्धान भइरहेको बताएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक थापा क्षेत्रीले अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको भन्दै अब चाँडै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइने दाबी गरे ।

निर्मला प्रकरणमा विगतमा भएका कमी कमजोरीले प्रहरीको छविमा ठूलो धक्का लागेको भन्दै उनले अब कुनै पनि हालतमा घट्नालाई निष्कर्षमा पुर्‍याइने बताए ।

त्यसका लागि केन्द्रबाट प्रहरी अधिकृत पठाइसकेको र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको कमान्डमा काम भइरहेको पनि उहाँको भनाइ छ ।

२०७५ साल साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्तको हत्यमा संलग्न अहिले पनि पक्राउ परेका छैनन् । जसले गर्दा प्रहरीमाथि ठूलो दबाब छ ।

नयाँ प्रहरी प्रमुख थापाको कार्यकालमा निर्मला प्रकरणलाई नै सबैभन्दा चुनौतीका रुपमा पनि हेरिएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  २ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।