Logo

प्रमुख समाचार

केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर



काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो ।
केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका थिए । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउँदै लगेको छ । पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए भने अहिले १३४ बेड थरेर नेपालकै सबैभन्दा ठूलो १६८ बेड क्षमताको आइसीयू सेन्टर सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । अब केएमसी नेपालको सबैभन्दा ठूलो आइसीयू सेन्टर भएको बताउँदै अहिले आफ्रहरुले १६८ बेड क्षमताको आइसीयू सञ्चालमा ल्याएको बताए । नेपालका कुनैपनि निजी वा सरकारी अस्पतालमा यत्रो संख्यामा आइसीयू सेन्टर रहेको छैन ।
केएमसीले यसअघि नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याएको छ । अहिले ६८ बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, २२ बेडको पल्मो आइसीयू, १२ बेडको एमआइसीयू, ११ बेडको एसआइसीयू, १० बेडको पीआइसीयू र ५ बेडको न्यूरो आइसीयू सञ्चालनमा ल्याइएको छ ।
आइसीयू शुल्क पनि नेपालकै सबैभन्दा सस्तो कायम गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘सरकारी क्षेत्रबाट सञ्चालित वीर अस्पताल र सिभिल अस्पतालमा आईसीयू चार्ज दुई हजार छ, हामीले १९ सय रुपैयाँमै आइसीयू उपलब्ध गराउँने गरेका छौ ।’ केएमसीले नेपालका अन्य सरकारी अस्पताल र निजी अस्पतालहरु भन्दा पनि सस्तो आइसीयू शुल्क कायम गरेको दाहालको भनाई छ । केएमसीले ५८ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १२:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।