तेस्रो नेपाल आइडलको टप आठबाट बाहिरिएकी रचना रिमाल अहिलेकी व्यस्त गायिका हुन् । आफ्नो सिजनमा जित्नेले काम नपाएको अवस्थामा रचनालाई भने भ्याइनभ्याइ नै छ । उनी हरेक दिन हरेक नयाँ गीतको माध्यममा बजारमा प्रस्तुत हुन्छिन् ।
नयाँ नयाँ गीतमा आएकी रचनाले गायिका अन्जु पन्तको स्वरमा रहेको “न बिर्से तिमीलाई न पाएँ तिमीलाई” कभर गरेर पुनः गाएकी छन् । तर उनको यो प्रस्तुतीमा भने उनलाई रुचाउने श्रोता सन्तुष्ट नभएको देखिएका छन् ।
विपिन किरणको शब्द रहेको यस गीतमा महेश खड्काले संगीत भरेका थिए भने अन्जु पन्तले स्वर दिएकी थिइन् । तर रचनाले कभर गर्दा भने श्रोताले उक्त गीत मन नपराएको भन्ने सामाजिक सञ्जालमा खुल्दछ ।
करिब दश वर्ष अगाडि म्युजिक नेपालले आफ्नो च्यानलमा अपलोड गरेको यस गीतलाई अहिले गीतकार आफैँले आफ्नो युटुब च्यानलमा अपलोड गरेका छन् ।





















प्रतिक्रिया