Logo

कर्पोरेट फोकस

सर्वसाधारणलाई बाध्य बनाउँदै बीमा कम्पनीको ठगी धन्दा



काठमाडाैं । बैंकफाइनेन्सको मिलोमतोमा बीमा कम्पनीले पछिल्लो समय हरेक सरकारी पक्षलाई पनि आफ्नो मुठ्ठीमा लिदै सर्वसाधारणलाई बीमा गराउन बाध्य पार्दै गएका छन् । सरकारी कर्मचारीलाई कमिशनको प्रलोभन देखाई बीमा कम्पनीले सर्वसाधारणलाई बीमा पारेको हुन् ।

पछिल्लो समय बैंकफाइनेन्सका अध्यक्ष, बीमा संस्थानको सञ्चालक र सरकारी कर्मचारीको मिलोमतोमा जनता लुट्ने काम भइरहेको छ । बीमा कम्पनीहरुले सरकारी कर्मचारी र बैंकफाइनेन्सका सञ्चालकहरुलाई घाँस खान दिएर सरकारबाट बीमा नगराएका सवारी साधनको नामसारी र रोडपरमिट नवीकरण नहुने निर्णय गराए । यो निजी, सरकारी, संस्थान तथा भाडा सबै साबारी साधनमा लागु हुन्छ । नामसारी र रोडपरमिट नवीकरण गर्ने बेलामा सरकारी पक्षले बीमा गराएको कागजात अनिबार्य माग्ने गरेको पाइन्छ ।

बीमा पोलेसीदेखि लिएर म्याद सबै हेरिन्छ । आज म्याद सिद्धिएको छ भने सो सवारी नवीकरण हुदैन । सरकारी पक्षले पहिले बीमा नवीकरण गराएर आउनु अनि मात्र रोडपरमिट नवीकरण गर्छौ भनेर फिर्ता गर्छन् । नयाँ गाडी बिक्री गर्ने अटोशोरुमहरुले बीमा कम्पनीसंग कमिशन खाएर गाडी खरिदकर्तालाई मँहगो शुल्कमा बीमा गराउछन् ।

यता, जसले घरजग्गा, गाडी, शेयर धितो राखेर वित्तिय संस्थाहरुबाट कर्जा लिन खोज्छन् उनीहरुलाई पनि बीमा अनिवार्य गरिएको छ । बीमा नगरेका अचल सम्पत्तिलाई वित्तिय संस्थाले कर्जा दिदैनन् । कुनै पनि अचल सम्पत्तिको भ्यालेशन गर्दा एक करोड निस्कियो भने बैंकफाइनेन्सले जम्मा ३५ लाख कर्जाको सिफारिस गर्ने गरेका छन् ।

एकचोटि बीमा गराएपछि त्यसको म्याद त १० वर्षको हुनुपर्ने हो । तर, वर्षैपिच्छे बीमा नवीकरण गर्नुपर्छ । नवीकरण गर्न एकदिन मात्र ढिलो भयो भने भएको क्षतिको परिपुर्ति बीमा कम्पनीले गर्दैन । बीमा कम्पनीले हरेक अचल सम्पत्तिको बीमा रकम आफैले तोकको हुन्छ ।

त्यो सरकारले निर्धारण गरेको रेट पनि होइन । बीमा कम्पनीले आफ्नो मनमर्जीले राखेर रेट हो त्यो । सरकारलाई दबाउदै बीमा कम्पनीले आफुखुसी बीमा कम तोकको छन् । मँहगो रकम लिएर यसरी सर्वसाधारण ठग्दाखेरि अर्थ मन्त्रालय र नेपाल सरकार मौन बसेको छ । सम्बन्धित निकाय देखेपनि नदेखेजसो बसिरहेको छ ।

सरकारले बीमा रकम तोकिदिदाँ सर्वसाधारणलाई केही हदसम्म राहत हुन्छ कि । आफुलाई मनग्य फाइदा हुने मुल्य बीमा कम्पनीले तोकेको हुन्छ । यसलाई मध्यनजर गर्दै सरकारले बबीमा रकम तोक्नुपर्ने होइन् ? केही कारणबस् बीमा गराएका व्यक्तिका सम्पत्तिमा केही क्षति पुग्यो भने बीमा कम्पनीबाट रकम लिनलाई वर्षौ लाग्छ ।

पैसा दिन नपरोस् भनेर बीमा कम्पनीले विभिन्न बहाना बनाउछन् । क्षतिपुर्ति दिनुपर्छ भनेर हजारौ कागजात जुटाउन लगाउछन् । दुर्घटना भएको सम्पत्तिको नवीकरणदेखि प्रहरी रिपोर्ट समेत देखाउनुपर्छ । क्षतिपुर्ति पाइहाले पनि एकदमै थोरै रकम हुन्छ ।
गाडी दुर्घटनामा परेर क्षति पुगेको खण्डमा समेत गाडी साहुहरुले बीमा रकम पाउदैन् । तर, महासंघका नेताहरुले वर्षैपिच्छे कमिशन खाइरहेको हुन्छन् । यातायात व्यवसायीलाई जुनचाहि बीमा कम्पनीले बढी कमिशन दिन्छ ती लगेर गाडी साहुलाई बीमा गराउन लगाइन्छ ।

सर्वसाधारणको सम्पत्तिको सुरक्षाको लागि नभई कमिशनको लागि बीमा गराइन्छ । बैंकफाइनेन्स, वित्तिय संस्थादेखि सरकारी कर्मचारी सबैले बीमा कम्पनीबाट कमिशन खानको लागि सिधासाधी जनतालाई बीमा गराउन लगाइरहेको छन् । जनतालाई क्षतिको रकम दिनुको साटो बीमा कम्पनीले बैंकफाइनेन्स र व्यक्तिलाई कमिशन दिएर बीमा गर्न लगाएका छन् ।

बीमा कम्पनीले आफ्नो खल्तीबाट बैंकफाइनान्सलाई कमिशन दिनुपर्ने होइन । आखिरी बीमा गराउनेले बीमा गराएको रकमबाट कमिशन दिने त हो । तर, डुब्ने बेला सिधासाधी जनता डुबेका छन् । यता, सरकारलाई आफ्नो हातामा राखेर सबेलाई बीमा गराउन बाध्य पारियो । बैंकफाइनान्समा धितो राखेर पनि बर्जा लिनलाई बीमा गराउनैपर्ने भयो । ता पनि सवारीसाधनहरुको नवीकरण बीमा नगराइकन हुदैन् ।

बीमा रकम पाउन वर्षौ कुनुपर्ने त्यहीमाथि झण्झटिलो प्रक्रिया । विभिन्न पोलेसी ल्याएर बीमा कम्पनीहरुले अहिले पनि जनता ठग्ने कार्य जारी राखेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि बीमा कम्पनीको कोरोना बीमा गरायो । तर, पछि कोरोना लागेकाले पनि निःशुल्क उपचार पाएनन् ।

यता, कोरोना लागेर निधन भएकाहरुले पनि क्षतिपुर्ति पाएनन् । वर्षमा हामीले यति नाफा कमायौ भनेर छाती ठोक्छन् । जनता ठगेपछि नाफा कमाउनु त्यो सामान्य नै हो । नेपालमा यस्तो कोरोना फैलिदा पनि बैंकफाइनान्सहरु हाम्रो नाफा यति छ भनेर गर्व गर्छन् । डिपोजिट राख्ने र कर्जा लिने दुवैलाई अध्यारोमा राखेपछि नाफा कमाइ हालिन्छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १५:५७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।