पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ५९ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
नयाँसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।
प्रतिक्रिया