Logo

स्वास्थ्य

बारामा दुई कोरोना संक्रमितको निधन



बाराका दुई जना कोरोना संक्रमितहरुको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा बाराको बिश्रामपुर गाउँपालिका ५ निवासी ४५ वर्षका पुरुष र महागढिमाई नगरपालिका ८ धर्मपुर बस्ने ५६ वर्षीया महिला छन ।

वीरगञ्जको नारायणी अस्पतालमा बिहान साढे १ बजे  पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। त्यस्तै, श्वास प्रश्वास समस्या भई उपचारको लागी वीरगञ्जको भवानी अस्पतालमा भर्ना भएकी महिलाको पनि उपचारको क्रममा शुक्रबार राति सवा ९ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  १ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।