प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ र पर्वतका एक जना संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तीनै जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीका मृत्यु हुने संक्रमितमा पोखरा २३ का ४८ वर्षीय महिला र पोखरा १० का ८१ वर्षीय पुरुष छन् ।
यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
प्रतिक्रिया