Logo

स्वास्थ्य

२४ घण्टामा ८ हजार ४१८ जनामा संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणम ८ हजार २२७ जनाको पीसिआर परीक्षण र १३१ जनाको एन्टिेजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ  ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ५ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।