Logo

स्वास्थ्य

आठ वटा ल्याबको अनुमति खारेज गर्ने २४ घण्टे चेतावनी



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । नभए पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयको निर्णय गरेको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
यो अवधिभित्र पनि शुल्क समायोजन नगरे सरकारले ८ वटा ल्यावको स्वीकृति खोरेज गर्ने निर्णय गरेको छ ।

यसअघि हिजो मन्त्रालयलेकारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरेपनि ती प्रयोगशाला तथा अस्पतालले पिसिआर शुल्क वापत रु तीन हजार ८९९ लिदैँ आएका जनाएका छन् ।
 
मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार ५०० रुपैया शुल्क तोकेको थियो । रिएजेन्ट अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क रु दुई हजार कायम गरेको थियो । स्टार, ह्याम्स, वि एण्ड वि, नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका जनाइएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ९ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।