Logo

कर्पोरेट फोकस

धनगढीमा डिशहोमको फाईबरनेट सह वितरकको शोरुम उद्घाटन



धनगढीको चटकपुरमा डिशहोमको फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको कम्पनीले जनाएको छ ।

शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीले गरेका थिए । कम्पनीको अनुसार उक्त शोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १०:५२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।