Logo

चाडबाडमा कालोबजारी गर्नेमाथि कारबाही



कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा १ सय २३ फर्मको अनुगमन गरेको जनाएको छ ।

चाडवाडको समयमा एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाईजन्य वस्तु निर्माण गर्ने, बासी र सडेगलेका मासु बेचबिखन गर्ने, खान अयोग्य पानी बिक्रीवितरण गर्नेजस्ता अपराधजन्य क्रियालाप बढ्न थालेपछि समितिले सक्रियता बढाएको हो ।

कामपाले अनुगमन क्रममा पसलमा मूल्यसूची, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाणपत्र, लेबलमा खुलाउनुपर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र भएनभएको विषय खोजी गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ९ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।