Logo

स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले निकाल्यो भयावह तस्वीर, एकै दिन १३९ जनाको मृत्यु !



कोरोनाको कारण पछिल्लो समयमा १३९ जनाको मृत्यु भएको डरलाग्दो तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यो तथ्यांक पछिल्लो २४ घण्टाको मात्र नभई विभिन्न समयमा मृत्यु भएर तथ्यांक छुटेका पनि भएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजार ७ जना निको भएका छन् ।  

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।