तिमी मलाई असल आमा देऊ म तिमिलाइ राज्य दिन्छु भन्ने भनाइ नेपोलियन बोनापार्टको यो वाणी नै काफी छ ।
भनिन्छ अध्यारोरात उज्यालो पार्ने आकाशमा जुन छ ,
स्वर्ग भन्दा माथि आमाको ठाउँ छ ।
यसपालिको मातातिर्थ औशि पनि यादमै सीमित रह्यो आमा ।
यसपालिको औशिमा पनि तिमिलाइ एउटा पहेलो सुतिको फरिया र रसवरिको डल्लाले तिम्रो घाँटी रसाउन यो सेतो एप्रोन र पि पि ले रोक्यो मलाइ ।
पोहोर साल चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले गर्दा मैले तिमिलाइ भन्दा पनि कर्तव्यले बाँधिएका अठोटहरु पुरा तँ गरेँ नै,
फेरी पनि केही दिन यता इण्डियाको बोडर साथै यु के भेरियन्ट र ब्राजिलको कोरोना भाइरस भित्रिदा आइसोलेसनमा मृत्यु र जीवनको दोसाँधमा रहेका विरामीहरुको मुहारमा खुसी ल्याउने कोशिश गर्र्दै छु ।
यसै भन्नु पर्दा अहिलेको कोरोना भाइरसबाट म पनि अछुतो तँ रहिन, त्यो छटपटी सम्झिदा काहालि लागेर आउँछ ।
आमा विहानै उठेर अंगेनामा कालो कराई भरी छोरी आउछे भनेर दूध घोटेर कुरौनि पकाउदै थियौ होला ।
त्यो कुरौनिको याद र पहेंला फरिया लगाएर वरिपरि हिडेको याद आउछ आमा ।

यसपालि पनि म्यासेन्जर र भाइवरबाटै मातातिर्थको शुभकामना भन्नु पर्ने भो आमा ।
बिगतका फोटो हेर्दै मिस यु आमा भन्दै आँखाभरी आँसु टलपल पार्दै ड्युटीमा रहेका साथिहरुको मुहार हेर्दै बस्नु शिवाय केही छैन ।
यसपालि त तिम्रो त्यो उमेर ढल्किदै जाँदा तिम्रा ति चाउरी परेका गाला सुम्सुयाउदै आफ्नै हातले तिमिलाई फरिया लगाएर रसवरिका डल्लाले घाँटी रसाउला भन्ने थियो ।
तर के गर्नु वाचामा बाधिएका हातहरु केवल मैले खुम्च्याउन बाध्य भएँ आमा ।
हरेक अभावमा पनि सन्तान कै खुसी खोजिरहने आफ्नो गास ओकेलेर सन्तान कै पेट भर्ने आमा तर आज संसारभरि चलेको चलन मातातिर्थ औशिमा तिम्रो आँखा अगाडी मलाई नदेख्दा तिम्रो मुटुमा भक्कानो फुट्दो हो ।
भैसिलाइ सिँङको भारि हुदैन भने झै,
सानो छँदा स्कुल जाँदा आउदा भरिया बनेर म साथै मेरो ब्याग बोकेर हिँड्दा पनि कहिल्यै दुख मानिनौ ।
बिरामी हुँदा रातभरि निन्द्रा माया मारेर काखमा लिएर मेरो पीडा बोकी आँखा उघारी बस्थ्यौ ।
आमा तिमी साँच्चिकै महान छौ ।
अनेक दुख कष्ट व्यहोर्दै ९ महिना कोखमा राख्दा देखी नै माया गर्न सिकिसकेकि थियौ ।
आफ्नो ज्यानको पर्वाह नगरी मलाइ जिउन सिकायौ ।
म हासिदिदा तिमी सँगै हास्थ्यौ, म रोइदिदा तिमिपनि सगै रुन्थ्यौ।
मेरो मुहार मलिन देख्दा तिम्रो मुटु पोल्थ्यो, मलाइ सुमस्याएर कपाल मुसारि हाल्थ्यौ।
समयमा घर नआइपुग्दा पस्केको खाना पनि नखाइ बाटो वरिपरि आँखा विछ्याएर मलाइ कुरीरहन्थ्यौ ।
डिउटी बाट ढिला आउदा मोवाइलमा घण्टी बजाइ हाल्थ्यौ ।

तिमिले ९ महिना मलाइ नदेखि नै कुरिरहयौं, तर आज मैले मातातिर्थ औशिमा ९ मिनेट पनि दिनसकिन आमा ।
आमा अर्को साल त अवश्य तिमिलाइ रसवरि र फरिया लिएर आउनेछु ।
तिम्रा हातमा डिग्रीको सर्टिफिकेट नभए पनि तिम्रो अर्ति लेक्चर भन्दा कम छैन ।
सबै डाक्टरको आमा डाक्टर हुदिनन्, सबै इन्जिनियरको आमा इन्जिनियर हुदिनन् सबै मन्त्रीको आमा मन्त्री हुदिनन्, तर यस्ता महान सन्तान जन्माउने आमालाइ बिर्सिदा यो संसारमा ममता नै हराए झै लाग्छ ।
त्यसैले आमाको मायालाइ बुझ्ने कोशीश गरौं ।
भगवान संग यति कुरा माग्न सकु यो जन्ममा मात्र होइन आमा अर्को जन्ममा पनि तिम्रै सन्तान भएर जन्म लिन सकौं ।
सधैं आफ्नो खुसी भन्दा पनि सन्तान कै खुशिमा रमाउने आमा तिमी धन्य छौ ।















प्रतिक्रिया