Logo

खेलकुद

स्टर्लिङको ह्याटि्रकमा सिटीको सहज जित



काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिककाे मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । 

नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याटि्रक गर्दा फिल फोडेनले एक गोल गरे ।

जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ  ।

तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार ०८:५१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।