Logo

खेलकुद

एनएसएलमा झापा, मेची र विरगंज थपिए 



काठमाडौं । आगामी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा तीन टिम थपिएका छन् । 

न्युज कारखानालाई प्राप्त स्रोत अनुसार तीन क्षेत्रबाट आगामी सिजनका लागि तीन टोली छनोट गरिएको हो । पूर्वबाट स्पोर्टिन इलाम मेची र झापा एफसी तथा  तराईबाट वीरगन्ज युनाइटेड थपिएको स्रोतले जनाएको छ  । 

आगामी संस्करण २६ चैतबाट सुरुहुँदैछ । यस पटक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले प्रतियोगिता पोखरा र काठमाडौंमा गर्ने योजना बनाएको छ । 

गत सिजन भएको एनएसएलमा सात टोली रहेका थिए । विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १८:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।